हुस्सु लागे पनि उडानमा छैन असर « Khabarhub

हुस्सु लागे पनि उडानमा छैन असर


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि तराईका अधिकांश जिल्लामा हुस्सु लागे पनि आन्तरिक उडान नियमित नै रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

काठमाडौँ उपत्यकामा तापक्रम घटेपनि मौसम खुलेको छ । उडानका लागि चाहिने भिजिबिलिटी पर्याप्त मात्रामा छ । भिजिबिलिटी ८ किलोमिटरसम्म रहेकाले समिट एयरलाइन्सले  लुक्ला उडानको तयारी गरेको छ । नेपाल एयरलाइन्सले पनि भोजपुर उडानको तयारी गरेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा असर गरेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

जनकपुर, भरतपुर, सिमरा क्षेत्रको उडान ९ बजेपछि मात्रै हुने भएकाले त्यसबेलाको मौसममा भर पर्ने तर अन्यत्रका लागि उडान गर्न भिजिबिलिटी पर्याप्त रहेकाले उडानमा कुनै असर नरहेको उनले बताए । आज ७७ वटा आन्तरिक उडानको तालिका छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ५५ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा