हुस्सु लागे पनि उडानमा छैन असर « Khabarhub

हुस्सु लागे पनि उडानमा छैन असर


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि तराईका अधिकांश जिल्लामा हुस्सु लागे पनि आन्तरिक उडान नियमित नै रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

काठमाडौँ उपत्यकामा तापक्रम घटेपनि मौसम खुलेको छ । उडानका लागि चाहिने भिजिबिलिटी पर्याप्त मात्रामा छ । भिजिबिलिटी ८ किलोमिटरसम्म रहेकाले समिट एयरलाइन्सले  लुक्ला उडानको तयारी गरेको छ । नेपाल एयरलाइन्सले पनि भोजपुर उडानको तयारी गरेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा असर गरेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

जनकपुर, भरतपुर, सिमरा क्षेत्रको उडान ९ बजेपछि मात्रै हुने भएकाले त्यसबेलाको मौसममा भर पर्ने तर अन्यत्रका लागि उडान गर्न भिजिबिलिटी पर्याप्त रहेकाले उडानमा कुनै असर नरहेको उनले बताए । आज ७७ वटा आन्तरिक उडानको तालिका छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ५५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस