मलेसियामा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु « Khabarhub

मलेसियामा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियामा कोरोना संक्रमणबाट अर्का एक नेपाली कामदारको पनि मृत्यु भएको छ ।

मलेसियाको स्ट्राइक फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत रामेछापका लक्ष्मण सुनुवारको मृत्यु भएको हो ।

अढाई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका सुनार कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि त्यहाँको  सुङ्गाइबुलो अस्पताल भर्ना भएका र उपचारको क्रममा उनको  मृत्यु भएको ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाको अध्यक्ष भुपेन्द्र माबो लिम्बुले जानकारी दिए ।

उनको दाहसंस्कार मलेसियामै गर्न परिवारबाट स्वीकृति प्राप्त भैसकेकाले रोजगारदाता कम्पनी र नेपाली दूतावाससंग समन्वय गरेर चाडै अन्त्यष्टि गरिने अध्यक्ष लिम्बुले बताए ।

केही दिनअघि मात्र नबलपरासीका याम नारायण चौधरीको पनि मलेसियामा कोरोनाका करण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ५५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री