मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ झमेली चोकमा मे ७ प ६३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री विराटनगर–१५ की ६५ वर्षीया विखियादेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते साहको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा सोमबार राति १० बजे मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ५० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२