प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– सभामुखले संवैधानिक दायित्व भुले « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– सभामुखले संवैधानिक दायित्व भुले


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व भुलेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले सभामुखले आफ्नो संवैधानिक दायित्व बिर्सिँदै मंसिर २८ र ३० को बैठक बहिष्कार गरेको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत मंसिर २८ र ३० गते वहिष्कार गर्नुभयो’, उनले भनेका छन्, ‘जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ।’

https://www.facebook.com/surya.thapa.754918/posts/3595558263869985

संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले डाकेको बैठक सभामुख सापकोटाले बहिष्कार गरेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍बाट सिफारिस अध्यादेशलाई जारी गरिसकेकी छन्।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ०३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी