अध्यादेशबारे डा. कोइरालाको टिप्पणी : अधिनायकवादको सिढीं « Khabarhub

अध्यादेशबारे डा. कोइरालाको टिप्पणी : अधिनायकवादको सिढीं


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएसँगै दलका नेताहरुले आ-आफ्नै टिप्पणी गरिरहेका छन् ।

अध्यादेश ल्याइएको विषयमा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले ‘अधिनायकवादको सिढीं’को संज्ञा दिएका छन् ।

डाक्टर कोइरालाले अध्यादेश ल्याइएकोबारे  प्रतिक्रिया दिँदै लेखेका छन्- ‘संविधानको मर्म र भावना विपरित ल्याइएको “संवैधानिक परिषद सम्बन्धि अध्यादेश” तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।’

मन्त्रिपरिषदमा छलफलसमेत नगरी सिफारिस भएको अध्यादेशलाई राष्ट्रपति भण्डारीले हतारहतारमा जारी गरेपछि काँग्रेस नेताहरु मात्र नभएर सत्तारुढ दलकै नेताहरुले समेत विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : १२ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५