‘अप्रत्यासित ढङ्ग’बाट अध्यादेश ल्याउनु गलत : प्रवक्ता श्रेष्ठ  « Khabarhub

‘अप्रत्यासित ढङ्ग’बाट अध्यादेश ल्याउनु गलत : प्रवक्ता श्रेष्ठ 


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश अप्रत्याशित ढंगले ल्याउनु गलत भएको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी कमिटी वैठक चलिरहेका बेला अप्रत्याशित ढंगले अध्यादेश ल्याउनु गलत भएको बताएका हुन् ।

उनले अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन् –

सरकारले पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको छ । यो सारत: यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो। त्यसबेला हाम्रो पार्टी ,प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक पार्टी हरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दवाव दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ।यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ । तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ३६ बजे

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले