ओलीविरुद्ध सशक्त प्रतिवाद गर्ने नेकपा सचिवालयका बहुमत सदस्यको निष्कर्ष | Khabarhub Khabarhub

ओलीविरुद्ध सशक्त प्रतिवाद गर्ने नेकपा सचिवालयका बहुमत सदस्यको निष्कर्ष


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले छलफल नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद थप बढ्ने देखिएको छ । अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर भएको भन्दै प्रचण्ड–नेपाल समूहले सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।

अध्यादेश प्रकरणपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले ओलीको कदमविरुद्ध स्थायी कमिटी बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।

‘पार्टीलाई कुनै जानकारीसमेत नदिइ ल्याइएको अध्यादेश गम्भीर विषय हो,’ सचिवालय सदस्य झलनाथ खनालले भने, ‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौं। अब भोलि बस्ने स्थायी कमिटीले नै आवश्यक निर्णय लिन्छ।’

बुधबार बस्ने स्थायी कमिटीको बैठकमा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदमको कडा प्रतिवाद गर्ने भएका छन्। नेता खनालका अनुसार अध्यादेश खारेजीको माग बैठकमा सशक्त रुपमा उठ्ने भएको छ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि चाल्नुपर्ने रणनीतिका बारेमा छलफल गर्न प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : २० बजे

खेल र संस्कृति राष्ट्रियता प्रर्वद्धनका आधार : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’

काठमाडौं– नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

देउखुरी – दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश