संवैधानिक परिषद बैठक लगत्तै प्रधानमन्त्री शीतल निवासमा | Khabarhub Khabarhub

संवैधानिक परिषद बैठक लगत्तै प्रधानमन्त्री शीतल निवासमा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् ।

बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको स्रोतले जानकारी दिएको हो ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको बैठकमा नियुक्तिबारे छलफल मात्रै भएको जनाइएको छ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित भएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी भएनन ।

मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो ।

प्रधानमन्त्रीसहित तीन जना सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न‍े प्रावधानसहितको अध्यादेश राष्ट्रपतिबाट मंगलबारै जारी गराएपछि ओली आलोचना भइरहेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यले अध्यादेश फिर्ता नभए कडा प्रतिवाद गर्ने जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलन नेपाली कांग्रेस लगायत दलका नेताहरुले समेत अध्यादेश ल्याइएकोबारे कटाक्ष गरिरहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : १७ बजे

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात

प्रि-ओपन सेसन आपडेट : नेप्से ३ अंकले बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर