शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्नुस् : एआईजी पोखरेल « Khabarhub

शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्नुस् : एआईजी पोखरेल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन ।

हालै बढुवा भएर अतिरिक्त महानिरीक्षक हुनुभएका पोखरेलले राष्ट्रिय सभागृहमा आज आयोजित समारोहमा मुलुकले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न प्रहरीको अहम् भूमिका रहने बताए ।

उनले कोभिड–१९ को सङ्क्रमण जोखिमको वर्तमान विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताए ।

“यो विश्वासलाई अझै बढाउँदै लैजानुपर्छ प्रहरी नागरिकमैत्री भएमा मात्रै समुदायको सहयोग पाइन्छ”, प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले भने ।

व्यावसायिक, लागनशील, असल आचरणका साथ सङ्गठनले दिएको जिम्मेवारी बहन गर्दै लिइएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

उनले प्रहरीले कुनै लोभ लालचमा लागेर सङ्गठनविपरीत हुने गरी कार्य गरेमा भने कुनै माफी दिन नसकिने जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ०५ बजे

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी