आपराधिक घटनामा संलग्न तीन पक्राउ « Khabarhub

आपराधिक घटनामा संलग्न तीन पक्राउ


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको मित्रनगरबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको छत्रे देउराली घर भएका सुवास तामाङ भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । सालकको खबटा र अस्थिपञ्जर बेचबिखन भइरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले तीन फिट छ इञ्च लम्बाइ भएको दुई किलो ३०० ग्राम तौलको सालकको खबटासहित उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको छ ।

यसैगरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ जगडोल डाँडाबाट लागुऔषधसहित प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा बौद्धबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकका हरि रामदामलाई पक्राउ गरेको हो । उनले चलाएको मोटरसाइकल खानतलासी गर्दा झण्डै एक किलो बराबरको पोलाइन लागुऔषध बरामद गरिएको परिसरले जनाएको छ ।

यस्तै आजै व्यापारीलाई धम्की दिई पैसा माग गर्ने अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको गोठाटार बस्ने २२ वर्षीय उत्तम रिमाल रहेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित जयसवाल मार्केटिङ खाद्यान्न पसल सञ्चालन गर्ने रामलखनप्रसाद शाह शङ्कर जयसवालसँग रु ५० हजार रकम माग गरी धम्क्याएका प्रहरीले जनाएको छ ।

उनले केही साथीसँगको मिलेमतोमा व्यापारीलाई धम्की दिई रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्ति भने फरार रहेका र खोजी भइरहेको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : २० बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग