अध्यादेशबारे विवेकशील साझाले भन्यो : ‘सर्वसत्तावादतर्फ सरकारको कदम’  « Khabarhub

अध्यादेशबारे विवेकशील साझाले भन्यो : ‘सर्वसत्तावादतर्फ सरकारको कदम’ 


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएको विषयमा विवेकशील साझा पार्टीले “संविधानको मर्ममाथि ठाडो प्रहार र सर्वसत्तावादतर्फ सरकारको कदम”को संज्ञा दिएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी र अलोकतान्त्रिक कदम चाल्न बन्द गरी संसद्को अधिवेशन तत्काल आह्वान गर्न पनि माग गरेको छ।

“सरकारको अक्षमता र सत्तारुढ दलभित्रको अन्तहीन आन्तरिक किचलोको मुलुक र नागरिकले यसै पनि चर्को मूल्य चुकाउनुपरिरहेका बेला प्रधानमन्त्रीका मनपरीपूर्ण स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रमाथि नै जोखिम बढेर गएको छ,” विज्ञप्तिमा भनिएको छ।

पार्टीले संवैधानिक परिषद् ऐनको यसअघिको प्रावधानअनुसार शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका आधारमा संवैधानिक अंगहरूमा सक्षम र योग्य व्यक्तिहरू नियुक्त गर्न माग गरेको छ।

पार्टीले अध्यादेश फिर्ता लिन समेत माग गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ५९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल