रोनाल्डोविना नै यूडिनीजको पोस्टमा युभेन्टसको ४ गोल « Khabarhub

रोनाल्डोविना नै यूडिनीजको पोस्टमा युभेन्टसको ४ गोल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोपा ईटालिया फुटबल अन्तर्गत गएराति भएको खेलमा शानदार जित हात पार्दै युभेन्ट्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक-एक गोल गरेका थिए ।

गोन्जालो हिग्युनले १६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सले १-० को अग्रता बनाएका थिए । खेलको२६ औं मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले ब्यक्तिगत दोस्रो गोल गरे ।

त्यस्तै कोस्टाले ६१ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए । क्रिस्टियानो रोनाल्डो बिरामी परेका कारण उनी खेल मैदानमा उत्रिएका थिएनन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ७ : २० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता