सम्भवतः भूकम्प मानव जीवनकै कठोरतम विपत्तीहरु मध्येको एक हो । आगमन को पूर्वानुमान गर्न नसकिने, मानवीय र भौतिक संरचनाको ठुलो क्षति हुनसक्ने र उद्घारकार्य पनि कष्टकर हुने हुँदा भूकम्पलाई अन्य प्राकृतिक प्रकोपहरु जस्तैः बाढी, पहिरो, सुख्खा, हिमपात, आँधिवेहरी र सुनामी भन्दा पनि कठोर विपत्तीको रुपमा लिइन्छ ।
नेपालमा वि.स. १२७९ देखि नै भूकम्पहरु गएका तथ्यांकहरु प्राप्त छन् । त्यस यता क्षति पुर्याउने खालका २५ भन्दा बढी भुँइचालोहरु गएका छन् । वि.स. १३१२ मा काठमाडौं उपत्यकामा गएको भूकम्पबाट तत्कालिन राजा अभय मल्ल र वि. स. १४०१ मा तत्कालिन राजा अरि मल्लको समेत मृत्यु भएको थियो । वि.स. १८९० (७.७ म्याग्निच्यूड) र वि. सं. १९९० (८.४ म्याग्निच्यूड) २०७२ बैसाख १२ (७।८ म्याग्निच्यूड) नेपालमा आएका भूकम्पहरु मध्ये ठुला मानिन्छन् ।
नेपालमा गएका केहि प्रमुख भुकम्पहरु
के हो भूकम्प ?
पृथ्वीको सतहमा एकाएक आउने ’चाल वा कम्पन्नलाई भूइँचालो वा भूकम्प भनिन्छ । पृथ्वीको सतह सामन्यतया स्थिर र अचल हुन्छ । वास्तवमा चट्टानहरु एक आपसमा घुस्दा वा छुठ्ठिदाँ उत्पन्न हुने उर्जा विभिन्न तरङगहरुको माध्यमबाट बाहिर निस्कन्छन् । जसले कम्पन पैदा गर्दछन ।
सतहदेखि, सयौं किलोमिटरभित्र भू–गर्भीय खण्ड चलायमान र धेरै चाप र दबाबका कारण अत्यधिक तापक्रम भएको लेदो (म्याग्मा) हुन्छ । त्यही म्याग्मा माथि विशाल चट्टान तैरिरहेका हन्छन ।
त्यसरी तैरिरहेका चट्टान एक आपसमा घुस्दा वा छुट्ट्दिा म्याग्मा माथितिर आउँछ र यसको दबाब सतहसम्म आई कम्पन पैदा हन्छ । भूकम्प मानवीय क्रियाकलापबाट पनि उत्पन्न हुनसक्छ । ठूला खानीबाट फलाम, कोइला, तेल आदि निकाल्दा र आणविक हतियारको परीक्षण गर्दा पनि भूकम्प उत्पन्न हुनसक्छ ।
भूकम्पका कारण र असरहरु
१. भू–गर्भमा रहेका चलायमान प्लेटको गतिशीलताका कारण भौगर्भिक केन्द्रबाट उत्पन्न कजा माथितिर आउँदा चट्टानी चिरामा ठोकिएर भूकम्प उत्पन्न हुन्छ ।
भारत र बर्माकोसम्मुख रहेका प्लेटहरू चिरापर्दा इन्डोनेसियास्थित उत्तरी सुमात्राको पश्चिमी तटमा सन २००४ को २६ डिसेम्वरमा ९.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो जसबाट उत्पन्न सूनामीले तीन लाख भन्दा बढी मानिसको ज्यान .लिएको थियो भने १० अरब डलर भन्दा बढीको प्रत्यक्ष क्षति पुर्याएको थियो ।
२.भू–गर्भमा रहेको म्याग्मा तीव्र गतिमा चल्दा पृथ्वीको कमजोर स्थानबाट ठूलो विस्फोटनका साथ ज्वालामुखी फुट्दा ठलो शक्ति उत्सर्जन भएर पृथ्वीको सतहमा कम्पन पैदा हुन्छ र भूकम्प जान्छ ।
संसारमा कुनै त्यस्तो स्थान छैन जुन भूकम्पबाट सुरक्षित होस् । नेपाल भूकम्पीय जोखिमको दृष्टिले “उच्च जोखिम” क्षेत्रमा पर्दछ । नेपाल विश्वमा ११ औं र दक्षिण एशियामा भारत, पाकिस्तान र अफगानिस्तान पछि चौथो भूकम्पीय जोखिमयुक्त मुलुकमा पर्दछ ।
सन १८३३ मा सुन्दाको सिधाजाभा र सुमात्राटापुको बीचमाभएको क्रकातौ ज्वालामुखी विस्फोटन पछि आएको भूकम्प कम्तीमा पनि तीन पटकसुनामीका छालहरू निम्त्याएको थियो जुन छालले ३६ हजार मानिसको ज्यान लिएको थियो ।
३.खानीबाट जथाभावी रूपमा कोइला, तेल, आदि वस्तुको उत्खनन गर्नाले ती वस्तुलेओगटेको ठाँउ खाली हुन्छ । त्यस खाली ठाँउमा भित्रि सतहको म्याग्मा निस्कन सजिलो हुनेवा बाहिरी जमिन भास्सिने क्रममा सतह हल्लिएर भूकम्प जान्छ ।
त्यसैगरी आणविक हतियारको परीक्षण गर्दा पनि भू-सतहमा कम्पन पैदा भई भूकम्प जानसक्छ । विगतमा फ्रान्समा गरिएको आणविक परीक्षण गर्दा केही कम्पन महसूस भएको थियो ।
भूकम्पीय जोखिम क्षेत्र
संसारका केही क्षेत्रहरू अरू स्थानभन्दा भूकम्पको लागि बढी जोखिम क्षेत्रको रूपमा रहेका छन । त्यसमध्ये उत्तर र दक्षिण अमेरिकाको प्यासिफिक तट, जापान, दक्षिण (पूर्वी एशिया, इण्डोनेशिया, चीनको पूर्वीतट, मध्य एशिया, इटाली र इरान विश्वमै भूकम्प संवेदनशील क्षेत्र मानिन्छन ।
तर, संसारमा कुनै त्यस्तो स्थान छैन जुन पूरै सुरक्षित छ । नेपाल भूकम्पीय जोखिमको दृष्टिले “उच्च जोखिम” क्षेत्रमा पर्दछ । नेपाल विश्वमा एघारौँ र दक्षिण एशियामा भारत, पाकिस्तान र अफगानिस्तान पछि चौथो भूकम्पीय जोखिमयुक्त मुलुकमा पर्दछ ।
भूकम्पका बेला कसरी आफ्नो सुरक्षा आफै गर्ने ?
१. भूकम्प अघिको पूर्वतयारीः
-समुदाय र घरपरिवारमा भूकम्प वा अन्य सम्भावित प्रकोपको बारेमा छलफल गर्ने र परिवारका सदस्यहरूलाई भूकम्प आएमा कसरी सुरक्षित रहने भन्ने कुराको जानकारी दिने ।
-प्रत्येक कोठाको सुरक्षित स्थान थाहा पाइराख्ने (पढ्ने टेवल वा डेस्क, खाट जस्ता फर्निचरमूनि, ढोकाको चौकोषमुनी) ।
-घरबाट नजिकको सुरक्षित स्थानको पहिचान गर्ने ।
-“घुँडा टेकी गुडुल्की मारी ओत लागी समात”को अभ्यासले संवेदनशील अङ्गहरूको सुरक्षागर्न सकिन्छ । यो कार्य प्रतिरक्षाको समयमा आफै गर्न सकिन्छ । आपत्कालीन समयमा धेरै मानिस यो कार्य गर्न बिर्सन्छन । यो विधिको प्रयोगले चोटपटक लाग्नबाट बँच्न सकिन्छ ।
-खतरायुक्त स्थानहरू थाहा पाइराख्ने, भ्यालको ऐना, झुण्डाइएका वस्तुहरू, अग्लो स्थानमा रहेका असुरक्षित सजावटका वस्तु र गदै वस्तुहरू र र्याकको नजिक नबस्ने ।
आपत्कालीन अवस्थामा घर वा काम गर्ने स्थानबाट भाग्न मिल्ने सम्भावित सबै बाटोहरू पत्ता लगाउने । र, आपत्कालीन अवस्थामा कसरी भाग्ने भनी त्यसको अभ्यास गर्नुका साथै समस्याहरूको पहिचान गर्ने ।
-घरबाहिर सुरक्षित स्थानहरूको पहिचान गर्नेः भवनहरू, रुख, बिजुली वा टेलिफोन वितरणका खम्बा, पुलभन्दा टाढा खुल्ला ठाउँको पहिचान गर्ने ।
-ग्यास, पानीको धारा र विद्युत, राम्रोसँग जडान भए नभएको परीक्षण गर्ने, विद्युतीय सामग्रीमा लचकदार तारहरूको प्रयोग गर्ने र यिनीहरूलाई लाइनबाट छुटाउने तरिकाको ज्ञान राख्ने । पानीको धारा, ग्यास र विद्युतीय उपकरणहरू बन्द गर्ने ठाँउ थाहा पाइराख्ने । यी उपकरणहरू चलाउने विधि जान्ने ।
-आपतकालीन ढोकाको पहिचान गर्नेः आपत्कालीन अवस्थामा घर वा काम गर्ने स्थानबाट भाग्न मिल्ने सम्भावित सबै बाटोहरू पत्ता लगाउने । र, आपत्कालीन अवस्थामा कसरी भाग्ने भनी त्यसको अभ्यास गर्नुका साथै समस्याहरूको पहिचान गर्ने ।
-घरमा रहेका किटनाशक औषधी, ग्यास, मट्टितेल, पेट्रोल, डिजेल वा त्यस्तै प्रज्वलनशील पदार्थहरू जथाभावी राख्नु हुँदैन ।
-फूलका गमलाहरूलाई डोरीले बाँधेर वा नलड्ने गरी राख्नुपर्छ ।
-पानीको टयाङ्कीलाई दाँया–बायाँबाट टेवा दिई नहल्लिने गरी राख्नुपर्छ ।
-आपत्कालीन टेलिफोन नम्बरहरू, प्राथमिक उपचारको बाकस, बोक्न मिल्ने रेडियो र व्याट्रीवाला टर्च, अतिरिक्त ब्याट्री, खाना बनाउन ठोस इन्धन, मैनबत्ति पैसा, अति आवश्यक कागजपत्र र नियमित सेक्न गर्ने गरेको औषधिहरु अतिरिक्तको ब्यवस्था गरेरे झटपट झोला तयार पारेर भेट्ने स्थानमा राख्नुपर्छ।
-कम्तिमा पनि तीन दिनलाई पुग्ने खाना र पानीको जगेर्ना गरेर राख्ने ।
-आफनो परिचयपत्र सधै आफैसँग बोक्ने ।
-प्राथमिक उपचारको ज्ञान राख्ने ।
-भुइचालोको समयमा परिवारमा सबै सदस्यहरू एकै स्थानमा नहुन सक्छन् । त्यसको लागि आपत्कालीन सञ्चारको योजना बनाउने ।
२.घरभित्रको सुरक्षाः
-गह्रौ सजावटका वस्तुहरू जस्तैः–दराज, भित्तामा राखिएका किताव र्याकहरू राम्ररी बाँधेर वा काँटीरकब्जा लगाएर नहल्लिने बनाउने, जसबाट यी वस्तुहरू मानिसमाथि खसेर हुने चोटपटकबाट बच्न सकिन्छ ।
-ठूलो, गह्रौ र फुट्न सक्ने वस्तुहरू र्याकको तल्लो भागमा राख्ने ।
-प्रज्वलनशील पदार्थहरू घरबाहिर राख्ने ।
भूकम्प स्वयंले मानवीय क्षति पुर्याउँदैन । मानव निर्मित संरचनाको प्रकृतिले मानवीय क्षति पुर्याउने हुँदा यिनको निर्माण गर्दा भूकम्पीय जोखिमलाई ध्यान दिने ।
-जुत्ता भेटिने स्थानमा राख्ने । फुटेका सिसाको टुकाहरु र अन्य बिज्न सक्ने बस्तुबाट बँच्न एकजोर जुत्ता र टर्चलाइट प्लाष्टिकमा राखेर ओछ्यान मुनि राख्ने जसले गर्दा अध्यारोमा खोज्ने झन्झटबाट छुटकारा पाइन्छ ।
-गह्रौं वस्तुहरू जस्तैः–चित्रहरू र ऐना, ओछ्यान र मानिस बस्ने ठाँउभन्दा टाढा झुण्ड्याउने ।
-रातमा मानिस निदाएको अवस्थामा जान सक्ने भुँइचालो लागि सटर वा पर्दा लगाउने र विशेषगरी ओछ्यानमा भयालका सिसाको टुक्राहरू पस्नबाट बचाउने ।
-आवश्यक सामग्रीहरूको जोहो गर्नेः खाद्यन्न पिउने पानी, प्राथमिक उपचारकोबाकस र अत्यावश्यक औषधी, वैकल्पिक ब्याटीसहितको टर्च लाइट, बोक्न मिल्नेरेडियो ( विद्युत नभएको अवस्थामा भूकम्पको सूचना पाउन रेडियो एउटा राम्रोमाध्यम हो) को व्यवस्था गर्ने ।
३.भूकम्प जाँदा के गर्ने?
-धैर्य गर्ने, घरभित्र भए भित्रै र बाहिर भए बाहिर नै बस्ने । घरभित्र वा बाहिर गर्नाले चोटपटक लाग्नसक्छ ।
-घरभित्र भए भयाल, ढोका, फुट्न सक्ने वा खस्नसक्ने गह्रौं वस्तुदेखि टाढा बस्ने ।
-पहिले नै सुरक्षित भनेर चिनिएका ढोकाको. चौकोस, मन्दिर, टेबुल, खाट जस्ताफर्निचरमुनि वा त्यस्तै सुरक्षित स्थानमा बस्नुपर्छ ।
-“घुडा टेकी गुडुल्की, ओत लागि समात” को विधि अपताउने ।
-बालबालिकाहरु र पाल्तु जनावरहरुलाई सुरक्षितसाथ राख्ने । बालबालिकाहरु र पाल्तु जनावरहरुलाई सम्भव भएसम्म आफ्नैसाथमा सुरक्षित स्थानमा राख्ने । विषेशगरी उनीहरुको अंगहरु सुरक्षित भए नभएको सुनिश्चित गर्ने ।
-भुइँचालाको समयमा सकेसम्म घर नछोड्ने र छोड्नै पर्ने अवस्था आएमा नआत्तिइकन निस्कने । हतार गर्दा चोटपटक लाग्न सक्छ । संभावित आगोबाट सावधान रहने । बाहिर निस्कदा विद्युतीय लिप्mटको प्रयोग नगरी भर्याङ्को प्रयोग गर्ने ।
-घरबाहिर भए रुख, साइनबोर्ड, भवन, विद्युतीय तार वा खम्वाहरू नभएको खुलाठाँउमा जाने ।
-कम्पन नरोकिँदासम्म टाउको सुरक्षित तरिकारले छोप्ने ।
-सवारी साधन चलाइरहेको अवस्थामा भूकम्प गए सवारी साधनको गति विस्तारै कम गर्दै बाटोको छेउतिर लगेर रोक्नुपर्छ । सवारी साधनलाई एक्कासी रोक्दा झन ठूलो दुर्घटना हुन सक्छ । सवारी साधन रोक्दा आकाशेपुल, ठुलो बिजुलीका पोल वा लठ्ठा, अग्ला रुख, सुरुङ्ग र साइन बोर्डको छेउँमा रोक्नु हुँदैन ।
-जहाँ जुन अवस्थामा भएपनि सावधान रहने । भिडभाडमा भए आफूलाई जोगाउने । घर बाहिर भए, साइनबोर्ड, भवन, विद्युतीय तार वा खम्वाहरू नभएको खुला ठाँउमा जाने ।
-यदि भूकम्पबाट घर भत्किएर पुरिहाल्यो भने विश्वस्त भएर खोजी तथा उद्वार टोलीको प्रतिक्षा गर्नुपर्छ । यस्तो अवस्थामा सिट्ठी, सुसेली, बजाएर तथा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धारकर्मीलाई थाहा दिने प्रयास गर्नुपर्छ ।
-घर भित्र भए भूकम्पको कम्पन रोकिएपछि मात्र घर बाहिर निस्कने । यस्तो अवस्थामा दौडने, चिच्च्याउने र धकल्ने जस्ता कार्य नगर्ने।
भूकम्प स्वयंले मानवीय क्षति पुर्याउँदैन । मानव निर्मित संरचनाको प्रकृतिले मानवीय क्षति पुर्याउने हुँदा यिनको निर्माण गर्दा भूकम्पीय जोखिमलाई ध्यान दिने । पूर्व तयारीका उपायहरुलाई आत्मसात गरी व्यवहारमा उतार्न सके भूकम्पबाट हुने मानवीय क्षतिलाई निश्चित रुपमा कम गर्न सकिन्छ ।
काफ्ले विपद् जोखिम न्यूनीकरण विशेषज्ञ हुन् ।
प्रतिक्रिया