जाडोमा यी फलफूलले पुर्‍याउँछ फाइदा, लाग्दैन चिसो « Khabarhub

जाडोमा यी फलफूलले पुर्‍याउँछ फाइदा, लाग्दैन चिसो


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा चिसो मौसममा फलफूल खान नुहने धारणा राख्छन् । चिसो मौसममा फलफूल खाएमा चिसो लाग्छ भनेर केहिले जाडो मौसममा फलफुल खादैनन् ।

चिकित्सकले बिरामीलाई तातोपानीमा भिजाएर भए पनि फलफूल खान सल्लाह दिन्छन् । फलफूलमा हुने भिटामिनले हामीलाई चिसो मौसममा हुनसक्ने रोगका सम्भावनाबाट बचाउँने गर्दछ । तसर्थ, जाडो मौसममा यी फलफूल खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

१. स्याउ

दैनिक एउटा स्याउ खादाँ हामीले १० मिलिग्राम भिटामिन ‘सी’ प्राप्त गर्दछौ । भिटामिन ‘सी’ले भाइरससँग लड्ने क्षमता राख्दछ । तसर्थ चिसो मौसममा हुन सक्ने भाइरसको प्रभावबाट शरीरलाई बचाउन दैनिक एक स्याउ खानु निकै लाभदायक मानिन्छ । स्याउ खाँदा मुटुसम्बन्धी रोगबाट बचाउनुका साथै क्यान्सरबाट पनि बचाउँछ ।

२. मेवा

मेवामा भिटामिन ‘ए’ सहित भिटामिन सि पाइन्छ । भिटामिन ‘ए’ आँखाका रोगहरुका लागी निकै उपयोगी हुन्छ भने भिटामिन ‘सी’ले शरीर सुन्निने रोगमा पनि लाभ गर्दछ ।

३. अंगुर

नियमित अंगुरको सेवन गर्नेहरुमा भिटामिन ए, सी सहित क्याल्सियम, आइरन र म्याग्नेसियम पाइन्छ । यी सबै पोषण शरीरका लागी लाभदायक माािन्छ । साथै अंगुरमा कोलस्ट्रोल घटाउने तत्वहरू समेत पाइन्छ । रातो अंगुरले क्यान्सर विरुद्ध लड्ने क्षमता बनाउँदछ ।

४. केरा

भिटामिन ‘बी’को राम्रो श्रोत मानिने केराको सेवनले शरीरको थकान, मानसिक रोग, तनाव र अनिन्द्रा हटाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । केराको सेवनले हाड बलियो हुनुका साथै मुटु रोगबाट पनि बचाउछ । केराको सेवन गर्दा उच्च रक्तचापबाट समेत बचाउँछ ।

५. सखरखण्ड

पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइने सखरखण्डमा भिटामिन ‘इ’ समेत पाइन्छ । यसले रक्तकोषलाई मर्नबाट बचाउँछ । सखरखण्ड बाहेक आलुमा समेत भिटामिन इ पाइन्छ । भिटामिन ‘इ’ले शरीरमा प्रतिरक्षात्मक प्रणाली मजबुद बनाउँछ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ५ : ४५ बजे

राष्ट्रपतिले ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने