ओली–प्रचण्डबीच संवादहीनताको अन्त्य, सभामुख चयनबारे बालुवाटारमा छलफल « Khabarhub

ओली–प्रचण्डबीच संवादहीनताको अन्त्य, सभामुख चयनबारे बालुवाटारमा छलफल


२ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहीनता हटेको छ ।

गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था विहीवार(आज) हटेको हो ।

दुई अध्यक्षबीचको सम्बन्धमा दरार उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा नेकपाका दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।

साढे १२ बजेबाट दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाका दुई जना अध्यक्षबीच अहिले भेटवार्ता जारी रहेको छ ।
‘पार्टीका दुई अध्यक्षबीच अहिले भेटवार्ता जारी छ’ सल्लाहकार थापाले खबरहबसँग भने,‘सभामुख चयन, एमसीसी लगायतका विषयमा कुराकानी हुनेछ ।’

नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ ।

ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन् । उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ ।

नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो । तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन स्पष्ट निर्देशन नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका उनी निकट नेताहरुले बताउँदै आएका थिए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  १ : ११ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा