नेपालले २ लाख किलो रक्त चन्दन भारतलाई फिर्ता गर्ने « Khabarhub

नेपालले २ लाख किलो रक्त चन्दन भारतलाई फिर्ता गर्ने


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले देशका विभिन्न ठाउँबाट बरामद भएको झन्डै २ लाख किलो रक्त चन्दन (काठ) भारतलाई फिर्ता गर्ने भएको छ ।

देशका विभिन्न ठाउँबाट बरामद भएको १ लाख ७३ हजार ७१ देशमलव ७९२ किलो रक्तचन्द भारतलाई फिर्ता गर्न लागिएको हो ।

पुस २८ गते बसेको मन्त्रिपरिषदको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) र (३) बमोजिम उक्त परिमाणको रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) मा संकटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमूना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था गरिएको छ ।

नेपाल सरकारले बहुमूल्य मानिएको रक्तचन्दनको पैठारीमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ४ : १८ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।