‘पर्यटक’ बनेर जब भारतीय प्रहरी बर्दीमै नेपाल पुगे « Khabarhub

‘पर्यटक’ बनेर जब भारतीय प्रहरी बर्दीमै नेपाल पुगे


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बुधबार अपराह्न करिब ५ बजेर २५ मिनेट भएको थियो । कैलालीको चिसापानीमा भारतीय नम्बर प्लेटमा आएका केही व्यक्ति देखिए ।

उनीहरु खाकी रंगको बर्दीमा थिए । केहीले कुनै कम्पनीका सेक्युरिटी गार्ड पो हुन् कि भन्ने प्रश्न गरे । तर, काँधमा उत्तर प्रदेश पूलिस (उ.प्र.पू)को ब्याच टाँसेको देखिएपछि स्थानीयले उनीहरु भारतीय प्रहरी भएको यकीन गरे ।

त्यसपछि केही स्थानीयले प्रहरीको इमरजेन्सी नम्बर १०० मा सम्पर्क गरे । जिल्ला प्रहरी कार्यालयबाट फोनको ‘रेस्पोन्स’ भयो ।

स्थानीयले फोन गरेको केही मिनेटमै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली त्यहाँ पुग्यो ।

स्थानीयले भारतीय प्रहरी बर्दीसहित पुग्दा पनि मुकदर्शक बनेको भन्दै नेपाल प्रहरीका अधिकारीलाई प्रश्न गर्छन् ।

चिसापानी पुगेको नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीका ९ जनालाई आफ्नो गाडीमा हालेर इलाका प्रहरी कार्यालय चिसापानी पुर्‍यायो ।

नेपाल प्रहरीले सोधपुछ गर्दा चिसापानी पुगेका भारतीय प्रहरीले आफूहरु भिजिट नेपाल–२०२० चलेका कारण पर्यटकका रुपमा घुम्नका लागि नेपाल आएको बयान दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले सोधपुछ गरेपछि भारतीय प्रहरीहरुलाई बुधबार नै फिर्ता पठाइएको बताए ।

डिएसपी बस्नेतका अनुसार उनीहरु नेपाल–भारत सीमा नाका बाँकेको रुपेडियाबाट नेपाल छिरेका थिए ।

रुपेडियाबाट करिब १०० किलोमिटरको दूरी पार गरेर उनीहरु चिसापानी पुगेका थिए ।

त्यसबीचमा बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ नेपाली सेनाका ४ वटा चेक प्वाइन्टहरु पर्छन् ।

निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको टोलीले शंका लागेको आधारमा पूरै गाडीसहित गाडीमा सवार व्यक्तिमाथि पनि खानतलासी गर्छ । तर, भारतीय प्रहरीहरु बर्दीसहित निकुञ्ज क्षेत्र समेत पार गरेर चिसापानी पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बस्नेत भने उनीहरु आफूसँग भएका सबै हतियार रुपेडिया नाकामै राखेर नेपाल आएका बताउँछन् ।

नेपाल प्रहरीसँगको बयानका क्रममा उनीहरुले उत्तर प्रदेशको बहराइच जिल्लामा मन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि तैनाथ भएको बताएका छन् ।

बहराइचबाट करिब ६५ किलोमिटरको दूरी तय गरेर नेपाली सीमा क्षेत्रमा पुगेका उनीहरु त्यहाँबाट पनि करिब १०० किलोमिटर पर कैलालीको चिसापानी पुगेका थिए ।

भारतीय प्रहरीहरु यसअघि पनि विभिन्न व्यक्तिलाई पक्राउ गर्न भन्दै हतियारसहित नेपाल प्रवेश गर्ने गरेका थिए । तर, नेपालले हतियारसहित नेपाल छिरेका भारतीय प्रहरीलाई पनि बिना कुनै ‘कारबाही’ सकुशल स्वदेश फिर्ता पठाउने गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ५ : ४७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा