युएईमा १८ जना नेपालीसहित २४ जना सवार बस दुर्घटना, ६ जनाको मृत्यु « Khabarhub

युएईमा १८ जना नेपालीसहित २४ जना सवार बस दुर्घटना, ६ जनाको मृत्यु


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब ईमिरेट्स (युएई)को राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ ।

आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको विषय जानकारीमा आएको उल्लेख गरेका छन् । तर, दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ ।

राजदूत ढकालले फेसबूकमा एक स्टाटस लेख्दै दुर्घटनामा परेको गाडीमा १८ जना यात्रु सवार रहेका उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ६ : १० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग