राष्ट्र बैंकका डेपुटी गभर्नरले पाए सफाइ, आइतबार पुनर्बहाली « Khabarhub

राष्ट्र बैंकका डेपुटी गभर्नरले पाए सफाइ, आइतबार पुनर्बहाली


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनियमितताको आरोपमा निलम्बन गरिएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाएका छन् ।

सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले जानकारी दिए ।

आफुलाई लागेको आरोप खण्डन गर्दै अर्थसचिव डा राजन खनाललाई डेपुटी गभर्नर श्रेष्ठले गत साता मात्रै २२९ पेजको स्पष्टिकरण बुझाएका थिए। उनले आफुमाथि लागेको सबै आरोप झुटो रहेको भन्दै प्रत्येक आरोपको खण्डन गरेका थिए ।

राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले दोषी किटान गरेपछि सरकारले श्रेष्ठसँग स्पष्टिकरण सोधेको थियो। पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिको श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो।

श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको थियो।

सरकारको निर्देशनमा एक महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। समितिले तयार पारेको प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषदमा लगिएको थियो। छानबिन समिति गठन भएपछि श्रेष्ठ निलम्बनमा परेका थिए।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ४ : ३७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको