चीनबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याइयो, १० जना उतै रोकिए « Khabarhub

चीनबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याइयो, १० जना उतै रोकिए


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन गएको विमान १ सय ७५ जनालाई लिएर काठमाडौँ फर्किएको छ ।

बुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

वुहानमा रहेका १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको, ६ जनामा स्वास्थ्य समस्य देखिएपछि नेपाल नल्याइएको र अन्य चार जना आफ्नो इच्छाले नेपाल नआएको दूतावास जानकारी दिएको छ ।

नेपाल ल्याइएका विद्यार्थीलाई विमानस्थलबाट सोझै खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा वनाईएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई १५ दिनसम्म विशेष निगरानीमा राखिनेछ ।

जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका–६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५ जना नेपाली विद्यार्थी चीनको समय अनुसार शनिबार राती १२:५२ बजे वुहानबाट काठमाडौंका लागि उडेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर शनिबार वुहानस्थित विमानस्थल ल्याइएको थियो।

नेपाल फर्काइएका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ।

वुहानबाट काठमाडौं उडेका १७५ मध्ये वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना, साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना, जिङझाउका ४८ जना रहेका छन्। १७५ जनामध्ये १३४ जना पुरुष र ४१ जना महिला छन्।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ३९ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ