फेसबुकमा २७ करोड फेक आइडी « Khabarhub

फेसबुकमा २७ करोड फेक आइडी


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी भएको खुलेको छ ।

फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको रिर्पोट सार्वजनिक गर्दै यस्तो फेक आइडीको तथ्यांक पनि सार्वजनिक गरेको हो ।

रिर्पोटमा ३१ डिसेम्वर २०१९ सम्ममा फेसबुकको मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या २ अर्ब ५० करोड रहेका छन ।  यो सन २०१८ को अन्तिम महिनाको तुलनामा ८ प्रतिशतले बढी हो ।

जसमा २७ करोड ५ लाख भन्दा बढि फेक आइडी नै भएको उसले जनाएको छ । रिर्पोटले २०१९ को अन्तिम त्रैमासिकमा नक्कली वा एकै व्यक्तिको दोहोरो अकाउन्टको अनुपात मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या लगभग ११ प्रतिशत रहेको बताईएको छ ।

त्यस्तै फेसबुकले यस्ता एकाउन्टहरु धेरै बिकसित बजारहरुभन्दा बिकासशिल रहेका बजारहरु इन्डोनेशिया र फिलिपिन्स जस्ता मुलुकहरुमा बढि रहेको बताएको छ ।

फेसबुकले यस्ता अकाउन्टलाई प्रयोगकर्ताले आफुले धेरै चलाउने अकाउन्टको विकल्पको रुपमा राख्ने गरेको पनि जनाएको छ ।

यस्तै फेसबुकको स्वामित्व रहेको कम्पनी ह्वाटसएपले भारतमा फेक न्युजको बारेमा भारत सरकारसँग कुराकानी गरिरहेको खबरहरुपनि सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : १० बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ