चीनबाट नेपालीको उद्धार हेर्नुस चार तस्वीरमा ! « Khabarhub

चीनबाट नेपालीको उद्धार हेर्नुस चार तस्वीरमा !


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान लगायतका शहरमा रहेका १ सय ७५ जना नेपालीको उद्धार गरी  काठमाडौं ल्याइएको छ ।

वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको विहान आज बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

वुहानमा रहेका १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको, ६ जनाको स्वास्थ्यमा समस्य देखिएपछि नेपाल नल्याइएको र अन्य चार जना आफ्नो इच्छाले नेपाल नआएको चीन स्थित नेपाली दूतावास जानकारी दिएको छ ।

नेपाल ल्याइएका विद्यार्थीलाई विमानस्थलबाट सोझै खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा वनाईएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई १५ दिनसम्म विशेष निगरानीमा राखिनेछ । जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका–६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ ।

नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५ जना नेपाली विद्यार्थी स्थानीय समयअनुसार शनिबार राति १२ बजेर ५२ मिनेटमा वुहानबाट काठमाडौंका लागि उडेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली

विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर शनिबार वुहानस्थित विमानस्थल ल्याइएको थियो । नेपाल फर्काइएका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ ।

वुहानबाट काठमाडौं उडेका १ सय ७५ मध्ये वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना, साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना, जिङझाउका ४८ जना रहेका छन् । १७५ जनामध्ये १३४ जना पुरुष र ४१ जना महिला छन् ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमानमा चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : १६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर