चीनबाट नेपालीको उद्धार हेर्नुस चार तस्वीरमा ! « Khabarhub

चीनबाट नेपालीको उद्धार हेर्नुस चार तस्वीरमा !


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान लगायतका शहरमा रहेका १ सय ७५ जना नेपालीको उद्धार गरी  काठमाडौं ल्याइएको छ ।

वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको विहान आज बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

वुहानमा रहेका १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको, ६ जनाको स्वास्थ्यमा समस्य देखिएपछि नेपाल नल्याइएको र अन्य चार जना आफ्नो इच्छाले नेपाल नआएको चीन स्थित नेपाली दूतावास जानकारी दिएको छ ।

नेपाल ल्याइएका विद्यार्थीलाई विमानस्थलबाट सोझै खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा वनाईएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई १५ दिनसम्म विशेष निगरानीमा राखिनेछ । जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका–६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ ।

नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५ जना नेपाली विद्यार्थी स्थानीय समयअनुसार शनिबार राति १२ बजेर ५२ मिनेटमा वुहानबाट काठमाडौंका लागि उडेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली

विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर शनिबार वुहानस्थित विमानस्थल ल्याइएको थियो । नेपाल फर्काइएका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ ।

वुहानबाट काठमाडौं उडेका १ सय ७५ मध्ये वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना, साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना, जिङझाउका ४८ जना रहेका छन् । १७५ जनामध्ये १३४ जना पुरुष र ४१ जना महिला छन् ।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमानमा चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : १६ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु