तीनवर्षदेखि रोकिएको जडीबुटी सङ्कलन खुला | Khabarhub Khabarhub

तीनवर्षदेखि रोकिएको जडीबुटी सङ्कलन खुला


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ ।

दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।

उनले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग पुर्‍याउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताए ।

सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिए ।

छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७/०७८ का लागि ३७ करोड बजेट प्रस्तावित गरेको छ । ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल रु ३१ करोड ४५ लाख ९९ हजार ७५७ रहेको छ ।

सङ्घीय सरकारबाट आएको समानीकरण रु सात करोड १० लाख, ससर्त अनुदान रु १३ करोड २७ लाख २७ हजार, राजश्व बाँडफाँडबाट रु पाँच करोड २९ लाख ६६ हजार ४१६ र विशेष अनुदान रु दुई करोड ९० लाख रहेको छ ।

प्रदेश सरकारबाट प्राप्त रकम राजश्व बाँडफाँड रु पाँच लाख दुई हजार, विशेष अनुदान रु ७५ लाख, समानीकरण ६ लाख २५ हजार आन्त्रिक अल्या रु एक करोड ३९ लाख ९९ हजार ३४० रहेको अध्यक्ष रोकायाले जानकारी दिए।

हाल माघ मसान्तसम्म चालूतर्फ ३४ प्रतिशत र पूँजीगत तर्फको १३ प्रतिशत बजेट खर्च भएको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : ४४ बजे

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

मुगु – नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम

इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको

गृहमन्त्रीबारे निर्णय गर्न ओली–देउवा एक्लाएक्लै वार्तामा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउनेबारे एमालेमा छलफल

काठमाडौं – नेकपा (एमाले)ले अनेरास्ववियुमा उमेर हद लगाउनेबारे छलफल गरेको