अब नेपालीले स्थलमार्गबाट गएर भारत हुँदै तेस्रो देश जान नपाउने « Khabarhub

अब नेपालीले स्थलमार्गबाट गएर भारत हुँदै तेस्रो देश जान नपाउने


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालीले स्थलमार्ग हुँदै भारत प्रवेश गरी तेस्रो मुलुक उड्न नपाउने भएका छन् ।

भारतका लागि नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत प्रवेश गरी तेस्रो मुलुक उडान गर्न खोज्दा आइपर्न सक्ने समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्न अनुरोध गरेको छ ।

खुला सीमानाका कारण कतिपय नेपालीले भारतीय विमानस्थलको प्रयोग गरी तेस्रो मुलुक उड्नका लागि पुग्ने गरेका छन् । तर अब भारत हुँदै तेस्रो मुलुक जान नपाइने भएको हो ।

मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत नौवटा देशहरुमा भारतीय विमानस्थल प्रयोग गरी उड्नका लागि नेपाल सरकारले रोक लगाएको छ । तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लगाएर आएका नेपालीलाई दूतावासबाट नो अव्जेक्सन सििर्टफिकेट बाट उड्न पाउने गरेका छन् । बाँकी देशहरुको हकमा राहदानीमा भारतीय अध्ययागमनबाट भारत प्रवेश गरेको छाप लगाउनु अनिवार्य गरिएको दूतावासले जनाएको छ ।

भारतसँगको खुला सिमाको दुरुपयोग गर्दै मानव तस्करीसमेत हुने गरेको भएकाले नेपाली नागरिकको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जानेको राहदानीमा प्रस्थान छाप नलगाउने व्यवस्था कार्यान्वय गरेको छ ।

त्यसरी नेपाली अध्ययागमन कार्यालयले प्रस्थान छाप नलागएपछि सीमा पारी भारतीय अध्ययागमनले समेत आगमन छाप लगाउँदैन । आगम छाप नभएका राहदानी वाहकलाई भारतीय विमानस्थलबाट उडान अनुमति दिइने गरिएको छैन ।

पछिल्लो समय भारत हुँदै तेस्रो देशमा मानव तस्करी बढेको समाचारहरु सार्वजनिक भइरहँदा सरकारले कडाइ गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ३ : ०२ बजे

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि