क्वारेन्टाइनमा रहेकामा कोरोना जाँचका लागि नमूना संकलन गरियो « Khabarhub

क्वारेन्टाइनमा रहेकामा कोरोना जाँचका लागि नमूना संकलन गरियो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना (कोभिड–९) प्रभावित क्षेत्रबाट आइतबार विहान स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

संकलन गरिएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले परीक्षणका लागि प्रयोगशाला पठाइएको नमूनाको रिपोर्ट बुधवार आउने बताए ।

सरकारले चीनबाट स्वदेश फर्काएका नेपालीहरुलाई दुई चरणमा कोरोनाको प्रयोगशालामा नमुना परीक्षण गर्ने जनाएको थियो।
सरकारले शनिबार नेपाल एयरलाइन्सको विमान चीन पठाएर आइतबार बिहान १ सय ७५ जना नेपालीलाई स्वदेश ल्याएको हो ।

चीनबाट स्वदेश फर्कीएकाहरु अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका छन् ।

उनीहरुमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर पुष्टि गर्नका लागि क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र पहिलो पटक नमुना परीक्षणका लागि पठाइएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको प्राविधिकको टोलीले क्वारेन्टाइनमा सुरक्षितस रुपमा बसरीरहेका चीनबाट फर्किएका नेपालीको कोरोना परीक्षण गर्न थ्रोट स्वाब ( र्‍याल) को नमुना संकलन गरेको हो ।

चीनबाट स्वदेश फर्किएका नेपालीहरुलाई दुईसाता क्वारेन्टाइनमा राखेपछि उनीहरुको दोस्रो पटकल कोरोनाको प्रयोगशालामै परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

दोस्रो पटकको परीक्षणमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि मात्र उनीहरुलाई आफ्नो घर फर्कन दिइने छ ।

दुईसातासम्म क्वारेन्टाइनमा रहेका नेपालीले हरेक दिन दुईपटक थर्मोमिटरको माध्यमबाट तापक्रम ( ज्वरो टेष्ट) जाँच गर्नुपर्ने जनाएको छ । जसका लागि सरकारले क्वारेन्टाइनमा रहेका सबैको व्यक्तिका लागि छुट्टाछुट्टै थर्मामिटर समेत उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ३३ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा