कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित : स्वास्थ्य मन्त्रालय


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले उद्धार गरि नेपाल ल्याउने क्रममा ज्वरो देखिएका चार जनाको अवस्था अहिले सामान्य रहेको बताए ।

उनीहरुको थ्रोट स्वाब ( र्‍याल) को नमूना परीक्षणका लागि पठाइएको जानकारी चीन स्थित नेपाली दूतावासले दिएको दाहालले जानकारी दिए ।

‘चीनमा कोरोनाको आशंका गरिएका चार जनाको नमूना संकलन गरि परीक्षण गर्न पठाइएको छ । उहाँहरुलाई पहिला रहेकै स्थानमा सुरक्षित रुपमा पुर्‍याइएको छ’दाहालले भने, ‘दूतावासले नै उहाहरूलाई उहाँको बस्ने ठाउसम्म सुरक्षित तरिकाले पुर्याएको छ।’

दाहालका अनुसार चीनमा चार जनामाथि कोरोनाको आशंका गरिएको बताए । कोरोनाको आशंका गरिएका एक जनाका व्यक्तीका पत्नि र उनीहरुका एक सन्तान पनि नआएको उनको भनाइ छ ।

सरकारले चीनमा रहेका नेपालीको उद्धारका लागि शनिवार विमान उहान पठाएका थियो । उहानबाट उद्धार गरि ल्याइएका १ सय ७५ जनालाई अहिले खरिपाटिस्थित क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया