तत्काल राजनीतिमा आउने सोचमा छैन: राजेश हमाल « Khabarhub

तत्काल राजनीतिमा आउने सोचमा छैन: राजेश हमाल


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले अहिलेको अवस्थामा आफू राजनीतिमा आउन नचाहेको प्रतिक्रिया दिएका छन् । आज (आइतवार) राजधानीमा नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलले आयोजना गरेको मेरो कथा सेसनमा बोल्दै हमालले तत्कालको अवस्थामा राजनीतिमा आउन नचाहेको बताए ।

हमालले राजनीति भनेको राज्यको मुख्य नीति भएकाले यसमा चासो राख्ने र हरेक कुरा राजनीतिसँग जोडिने धारणा राखे । उनले राजनीति राज्यको मेरुदण्ड भएको प्रतिक्रिया समेत दिए ।

‘राजनीति भन्ने कुरा नगर्ने भन्ने हुँदैन, राज्यको हरेक कुरा राजनीतिसँग जोडिएको हुन्छ, राजनीति भनेको हाम्रो मेरुदण्डजस्तै हो,’ हमालले भने, ‘राज्यको मुख्य नीति राम्रो भएन भने देश प्यारालाइसिस अवस्थामा हुन्छ ।’

उनले आम जनताले सेलिब्रेटीलाई राजनीतिमा होमिन अनुरोध गर्नु एक किसिमको बिडम्बना भएको बताए ।

उनले पहिलो खुड्किलोमै राजनीति गर्छु भनेर अघि बढेका नेताहरुले राम्रो राजनीति गरेको भए जनताले अन्य पेशा अंगालेका सेलिब्रेटीलाई राजनीतिमा आउन अनुरोध नगर्ने बताए ।

अहिलेको विन्दुमा आएर आफूले सोच्दा राजनीतिमा आउने कुनै चासो नभएको हमालले स्पष्ट पारे ।

उनले भने, ‘म समाजको नागरिक भएकाले राजनीतिप्रति चासो राख्छु । आजको विन्दुमा म राजनीतिमा हाम फाल्ने सोचमा छैन ।’

उनले आफू कुनै बेला राजनीतिक रुपमा पनि सक्रिय रहन सक्ने पनि संकेत गरे । ‘राजनीति क्षेत्रमा कहिल्यै पनि आउँदैन, यो मेरो क्षेत्र हो भनेर पनि भन्दिनँ किनकि भोलि राजनीतिमा गएँ भने मैले जान्नँ भनेको कुरा उठ्ला,’ हमालले भने ।

पछिल्लो समय हमाल फिल्म क्षेत्रमा भने खासै सक्रिय छैनन् । हमालले आफूलाई कैयन् फिल्मबाट भूमिकाका लागि अफर आएको तर राम्रो फिल्मको पर्खाइमा रहेको बताए । उनले आफैले कुनै फिल्मको तयारी गरिरहेकोतर्फ संकेत गर्दै भविष्यमा कुनै फिल्म ल्याएर आउन सक्ने समेत बताए ।

तस्वीरहरू: अर्घेलो थापा/खबरहब

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : २५ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ