ललितपुर महानगरद्वारा फुटबल क्लब सम्मानित « Khabarhub

ललितपुर महानगरद्वारा फुटबल क्लब सम्मानित


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रका फुटबल क्लबलाई नगदसहित सम्मान गरेको छ ।

आइतबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत वर्ष घोषणा गरे बमोजिम यस वर्ष ए डिभिजन, बी डिभिजन र सी डिभिजन क्लबलाई नगदसहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा ए डिभिजन क्लब थ्री स्टारले सबैभन्दा धेरै १६ लाख रुपैयाँ प्राप्त गरेको छ । ललितपुर महानगरपालिका ए डिभिजन क्लबलाई वार्षिक ४ लाख र नकआउट प्रतियोगितामा उपाधि जितेमा थप ४ लाख रुपैयाँका दरले रकम दिएको छ। थ्री स्टार वार्षिक ४ लाख र तीन नकआउट प्रतियोगिता जितेवाफत थप १२ लाख रुपैयाँ पाएको हो ।

यस्तै च्यासल युथ क्लबले दुई प्रतियोगिता जितेबापत ८ लाख र वार्षिक रकम ४ लाखसहित १२ लाख रुपैयाँ प्राप्त गर्‍यो । यस्तै एक प्रतियोगिता जितेको जाउलाखेल युथ क्लबले ८ लाख पायो भने फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले ४ लाख प्राप्त गरे ।

यस्तै, महानगरपालिकाले बी डिभिजनका सातदोबाटो, पुल्चोक, खुमलटार र झम्सीखेल गरी ४ क्लबले ३–३ लाख रुपैयाँ प्रदान गर्दा सी डिभिजनका दुई क्लब सानेपा र खालीबारीले २–२ लाख नगदसहित सम्मान गरेको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ०१ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन