महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रका २३ जात्राको तस्बिर प्रदर्शनी « Khabarhub

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रका २३ जात्राको तस्बिर प्रदर्शनी


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा वर्षभर मनाइने पर्व एवं जात्राका तस्बिर प्रदर्शनी गरिएको छ ।

नवरस स्काउट ट्रप र एच डब्ल्यु स्काउट क्र्युको संयुक्त आयोजनामा आज भुवनेश्वरीस्थित नासलचोकमा वर्षभरका २३ पर्व एवं जात्राका ८० तस्बिर प्रदर्शनी गरिएको हो ।

तस्बिर प्रदर्शनीको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

प्रदर्शनीमा राखिएका तस्बिर पशुपति क्षेत्रमा स्थापना गरिने सङ्ग्रहालयमा पनि राखिने कार्यकारी निर्देशक खतिवडाको प्रतिबद्धता थियो ।

सञ्चालक सदस्य पाण्डेले भावी पुस्तालाई सांस्कृतिक परम्पराको जानकारी दिन तस्बिर प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।

प्रदर्शनीमा राखिएका तस्बिर फोटोग्राफर हरिहरमान भण्डारी लगायतले खिच्नुभएको हो । प्रत्येक हप्ताको शनिबार नासलचोकमा यी तस्बिर प्रदर्शनी गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

वनकाली जात्रा, अक्षय तृतीया पर्व, दशहरा, त्रिशूल र गङ्गामाई जात्रा, जनै पूर्णिमा, गाई जात्रा, रोपाइँ जात्रा, खड्ग जात्रा, श्रीकृष्णाष्टमी जात्रा, दशैँ उत्सव, बाला चतुर्दशी, चन्द्रविनायक जात्रा, नवदुर्गा नाच, गुह्येश्वरी जात्रा, माधवनारायण जात्रा, महाशिवरात्रि पर्व, दुदु च्याँ च्याँ जात्रा, घोडे जात्रा, बज्रेश्वरी जात्रा, वत्सलेश्वरीलगायत जात्राको तस्बिर प्रदर्शनी गरिएको थियो ।

यसैगरी विसं २०६६ देखि रोकिएको महादेव पार्वती नाच (नागचा प्याखँ) को तस्बिर पनि प्रदर्शन गरिएको थियो । सोह्र श्राद्धको प्रतिपदा, द्वितीया र तृतीयाका दिने देखाइने यो नाच स्रोत अभाव भएकैले रोकिएको छ ।

१११ वर्षीय बाबा पशुपतिमा

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त आउने क्रम पनि बढेको छ । यसका लागि १११ वर्षीय डा त्यागीनाथ अघोरी (नेपाली बाबा) आई भष्मेश्वर घाटमा साधनामा रहनुभएको कोषका तर्फबाट साधुसन्तको व्यवस्थापनमा खटिनुभएका कर्मचारी वरुण खतिवडाले जानकारी दिए ।

यसैगरी नागा, गोरखनाथ, वैष्णव, शैव, नानकलगायत सम्प्रदायका बाबाको आगमन पनि पशुपति क्षेत्रमा भइसकेको छ । पशुपति क्षेत्रमा हालसम्म करीब दुई हजार साधु आइसकेका कोषले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तलाई कोष र गुठी संस्थानले फागुन कृष्ण एकादशीदेखि औँसीसम्म पाँच दिन खाने, बस्ने, धुनी बाल्नेलगायत सेवा उपलब्ध गराउने प्राचीनकालदेखिको परम्परा छ । औँसीपछि साधुसन्तलाई दान दक्षिणसहित बिदाइ गरिन्छ ।

तस्वीर- पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको फेसबुकबाट

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : १० बजे

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं– नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार