चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेका छन् ।

मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए ।

प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : २८ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६