पौडेल हत्याका आरोपी ३ प्रहरीलाई प्रधान कार्यालय बोलाइयो « Khabarhub

पौडेल हत्याका आरोपी ३ प्रहरीलाई प्रधान कार्यालय बोलाइयो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको छ ।

मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रधान कार्यालय फिर्ता गरिएको हो ।

उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले स्रोतले जनाएको छ ।

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा काज दरबन्दी कायम गरेर उनीहरूलाई प्रदेश २ अन्तर्गतका आठवटा जिल्लामा खटाएका थिए ।

उनीहरूबाटै गत असार ५ मा चन्द समूहका सर्लाही इन्चार्ज पौडेल सर्लाहीमै मारिएका थिए ।

दोहोरो मुठभेडमा पौडेल मारिएको दाबी गरिए पनि राष्ट्रिय मानवअधिकार आयोगले गत मंसिर ३ मा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटना मुठभेडबाट नभई हत्या गरिएको जनाएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको