पशुपतिका चार शिवलिंग व्यक्तिका घरभित्र ! « Khabarhub

पशुपतिका चार शिवलिंग व्यक्तिका घरभित्र !


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिंगको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिंगमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव चेतोनाथ गौतमले लिच्चछवीकालमा नै यी शिवलिंग बनेकाले घरहरु पछि बनेका सहज अनुमान गर्न सकिने बताए ।

पशुपति क्षेत्रमा रहेका कतिपय स्मारकको संरक्षण हुन नसकेको उनले बताए ।

कोषको क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका कारण संरक्षण गर्न कठिन भएको हो । कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।

कोषले यस क्षेत्रको आगामी एक सय वर्षका लागि गुरुयोजना बनाउन लाग्दा यहाँ जग्गाको पुनःनापी गर्नुपर्ने र स्मारकको संरक्षण आवश्यक भएको जनाएको छ ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले यस क्षेत्रमा पहिले धेरै किसिमका जात्रा, पर्व सञ्चालन भए पनि अहिले कतिपय हराउन थालेका बताए ।

विश्व सम्पदा क्षेत्रमा सूचीकृत यस क्षेत्रको विकासमा विभिन्न निकायबीच समन्वय आवश्यक भए पनि अभाव देखिएको उनले बताए ।

मन्दिरको जग्गा अहिलेसम्म कोषका नाममा नभएकाले त्यसलाई ल्याउन लागिएको छ । उनले भने, “यहाँका कतिपय मन्दिर, सत्तल, जात्राहरु पनि कतिपय गुठीको त कति पुरातत्वको स्वामित्वमा छ ।”

कोषका पूर्वसदस्य–सचिव गौतमले यस क्षेत्रमा कतिमा मन्दिर भएका मूर्ति नभएको, कतिमा मूर्ति भएका मन्दिर नभएका र कतिपयमा दुवै भए पनि नियमित पूजाआजा नभएको बताए ।

यहाँ रहेका कतिपय निजी गुठीका मन्दिरमा नियमित पूजा नहुँदा कोषले नै त्यसको व्यवस्था गरिरहेको छ । चक्रपथको चावहिल–गौशाला सडक विस्तारका क्रममा यहाँका धेरै स्मारकलाई नोक्सानी पुग्नसक्ने देखिएको उनले बताए ।

समितिकी सभापति पवित्रा निरौला खरेलले पशुपति क्षेत्रमा भएका गलत कुराको अन्त्य गर्ने जिम्मेवारी कोषको भएको बताइन् । शिवलिंग व्यक्तिगत घरभित्र रहेको विषयमा सो जमिन पशुपतिनाथको भए कोषले लिनुपर्ने र व्यक्तिको भए कसरी दर्शन गर्ने भनी बाटो खोल्नुपर्नेमा उनको जोड थियो ।

कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्याङ्क राख्नुपर्ने उनले बताइन् ।

समितिका सदस्य नारदमनि रानाले पशुपतिनाथले हामी सबैको रक्षा गरे पनि हामीले पशुपतिको रक्षा गर्न नसकिरहेको बताए । कोषले सम्पत्ति यति छ भनी एकीकृत तथ्याङ्क राख्नुपर्ने उनले सुझाव दिए ।

समितिका सदस्य सरलाकुमारी यादवले शिवलिंग व्यक्तिगत घरमा हुँदा त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने योजना बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : ०४ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय