मोबाइल हरायो ? निवेदन दिनोस्, सात दिनमा हात लाग्छ « Khabarhub

मोबाइल हरायो ? निवेदन दिनोस्, सात दिनमा हात लाग्छ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता निलनोस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ ।

नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो ।

विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता गर्न र मोबाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले २ बर्षदेखि यो सेवा जारी राखेको छ।

मोबाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र  नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोजिने गरेको छ ।

अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्रहरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुन्छ ।

अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ। ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : २६ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा