कोरोना भाइरसको संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय नाघ्यो  | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय नाघ्यो 


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ ।

सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ९० नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म इटालीमा संक्रमितको संख्या जम्मा २४ हजार ७ सय ४७ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।

स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । स्पेनमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४५ पुगेको छ । जसमा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित रहेको जनाइएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा राखेर उपचार थालिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : ५८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई