ला लिगा क्लब भ्यालेन्सियाका पाँच खेलाडीमा देखियो कोरोना भाइरसको संक्रमण « Khabarhub

ला लिगा क्लब भ्यालेन्सियाका पाँच खेलाडीमा देखियो कोरोना भाइरसको संक्रमण


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन– स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अर्जेन्टिना तथा भ्यालेन्सियाका डिफेन्डर इजिक्वेइल ग्यारेसहित पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

३३ वर्षे डिफेन्डर ग्यारेले सन् २०२० आफ्नो लागि खराब भएको बताउँदै आफु सामान्य अवस्थामा रहेको सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

भ्यालेन्सियाले आइतबार आफ्ना पाँच खेलाडीलाई कोरोना भाइरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै भ्यालेन्सियाले आफ्ना स्टाफलाई पनि कोरोनाको संक्रमण भएको जनाएको छ ।

युरोपमा कोरोनाका कारण बढी प्रभावित हुने देशको सूचिमा स्पेन दोस्रो नम्बरमा पर्छ । आइतबार एकै दिन स्पेनमा ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या २८८ पुगेको छ । स्पेनले सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागू गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३५ बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट