ला लिगा क्लब भ्यालेन्सियाका पाँच खेलाडीमा देखियो कोरोना भाइरसको संक्रमण « Khabarhub

ला लिगा क्लब भ्यालेन्सियाका पाँच खेलाडीमा देखियो कोरोना भाइरसको संक्रमण


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन– स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अर्जेन्टिना तथा भ्यालेन्सियाका डिफेन्डर इजिक्वेइल ग्यारेसहित पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

३३ वर्षे डिफेन्डर ग्यारेले सन् २०२० आफ्नो लागि खराब भएको बताउँदै आफु सामान्य अवस्थामा रहेको सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

भ्यालेन्सियाले आइतबार आफ्ना पाँच खेलाडीलाई कोरोना भाइरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै भ्यालेन्सियाले आफ्ना स्टाफलाई पनि कोरोनाको संक्रमण भएको जनाएको छ ।

युरोपमा कोरोनाका कारण बढी प्रभावित हुने देशको सूचिमा स्पेन दोस्रो नम्बरमा पर्छ । आइतबार एकै दिन स्पेनमा ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या २८८ पुगेको छ । स्पेनले सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागू गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३५ बजे

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष