कोरोना भाइरसबारे थाहा पाउँनै पर्ने १३ जानकारी « Khabarhub

कोरोना भाइरसबारे थाहा पाउँनै पर्ने १३ जानकारी


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । हजारौं मानिसको मृत्यु भएको छ ।

१ लाख ७० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । संसार नै तहसनहस बनाउने अवस्थामा पुगेको कोरोना भाइरसबारे केही भ्रम पनि फैलाइएको छ ।

यसले मानिसहरु भयभीत छन् । हामी यहाँ तपाईंलाई त्यस्ता भ्रम चिर्न मद्दत मिल्ने केही जानकारी प्रस्तुत गर्दैछौं ।

१. चिसोमा भन्दा तातोमा कोरोना भाइरसको संक्रमण हुन सक्ने अवस्था कम भएकाले शरीरलाई तातो राख्नु उत्तम हुन्छ ।

२. कोरोना भाइरस कमजोर भाइरस भनिए पनि औषधि र खोप पत्ता नलागिसकेकाले यसबाट जोगिनु नै उत्तम हुन्छ ।

३. दीर्घ रोगी, बृद्धबृद्धा तथा रोगसँग लड्ने क्षमता नभएका व्यक्तिलाई मात्र कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ ।

४. अनावश्यक भ्रम फैलाइएकाले विश्वासिलो सञ्चारमाध्यको सूचनालाई मात्र आधार मानौं, भयभीत नबनौं ।

५. मास्कको प्रयोग गर्ने र पटक/पटक हात धुँदा कोरोना भाइरसको संक्रमण सिधै नहुन सक्छ ।

६. हात नधोई बिना कारण पटक पटक मुख तथा नाकमा हात लानु हुँदैन ।

७. खोक्दा वा हाच्छ्यूँ गर्दा अनिवार्य रुमालले नाक र मुख छोपेर मात्र गर्नुपर्दछ ।

८. खोकी वा हाच्छुयूँपछि तत्काल साबुन पानीले हात धुनु पर्दछ ।

९. जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट भरसक टाढा रहने गर्नुपर्दछ ।

१०. पशुजन्य मासु/अण्डा राम्रोसँग पाकेको मात्र खानुपर्छ ।

११. कोरोनाको संक्रमणबाट बच्न भीडभाडमा नजाने अर्को राम्रो विकल्प हो ।

१२. कोरोनाको हल्ला अनुसारको सत्यता छैन । यसको मृत्युदर निकै कम छ ।

१३. १ सय ४ डिग्री भन्दा बढी ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा, रुघाखोकी लागेमा कोरोना भाइरसको लक्षणहरु हुन् ।

यी लक्षणहरु देखिएमा तत्काल उपचारका लागि अस्पतालमा जानुपर्दछ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : १८ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने