नेपालस्थित अमेरिकी राजदूतावासद्वारा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द « Khabarhub

नेपालस्थित अमेरिकी राजदूतावासद्वारा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड-१९ (कोरोनाभाइरस) का कारण नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट रद्द गरेको छ ।

चैत ४ गतेदेखि लागु हुने गरी डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्ने तर अहिलेनै त्यसका लागि निश्‍चित समय तोक्‍न असमर्थ रहेको जनाएको छ ।

एमआरभी शूल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ ।

अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : ३६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख