नेपालस्थित अमेरिकी राजदूतावासद्वारा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द « Khabarhub

नेपालस्थित अमेरिकी राजदूतावासद्वारा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड-१९ (कोरोनाभाइरस) का कारण नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट रद्द गरेको छ ।

चैत ४ गतेदेखि लागु हुने गरी डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्ने तर अहिलेनै त्यसका लागि निश्‍चित समय तोक्‍न असमर्थ रहेको जनाएको छ ।

एमआरभी शूल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ ।

अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : ३६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर