कोरोना भाइरसको परीक्षण अब घरबाटै « Khabarhub

कोरोना भाइरसको परीक्षण अब घरबाटै


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट विश्वभरका मानिसहरु आक्रान्त भइरहेका बेला यसको परीक्षण अब घरबाटै गर्न मिल्ने गरीको तयारी सुरु भएको छ ।

कोरोनाभाइरसको परीक्षणका लागि गुगलले एक नयाँ वेबसाइट बनाउँदैछ । यो वेबसाइटले काम गरेमा कोरोनाको परीक्षणबारे आवश्यक जानकारी घरमै मिल्ने दाबी गरिएको छ ।

गुगलको यो वेबसाइट एक भाइरस ट्राइएज टूल हो । यसलाई गुगलअन्तरगतको कम्पनी वर्लीद्धारा बिकसित गरिँदैछ, जुन अल्फाबेटको एक स्वास्थ्य निरिक्षणको इकाई हो । यो वर्लीको प्रोजेक्ट बेसलाइनको हिस्सा हुनेछ ।

गुगलको यस भाइरस परीक्षण वेबसाइट हाल प्रारम्भिक चरणमा रहेको छ । सोमबार पहिलो पटक यसलाई सन फ्रान्सिस्कोको तटिय क्षेत्रका लागि लन्च गरिनेछ ।

शुक्रवार ह्वाइट हाउसको रोज गार्डेनमा भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल हाल कोरोना भाइरसको परीक्षणका लागि एक वेबसाइटमा काम गरिरहेको र यसमा गूगलको १,७०० इन्जिनियरहरु काम गरिरहेको बताएका थिए ।

यो वेबसाइटले मानिसहरुमा कोरोना परीक्षण गर्नुपर्ने आवश्यकता रहे नरहेको पत्ता लगाउन सहयोग गर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १२ : १३ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख