प्रहरीले बरामद गरेका १० लाख माक्स सुपथ मूल्यमा बिक्री गरिने « Khabarhub

प्रहरीले बरामद गरेका १० लाख माक्स सुपथ मूल्यमा बिक्री गरिने


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको सन्त्रासका बीच कालोबजारी गर्नेहरुबाट जफत (बरामद) गरिएको माक्सहरु बिक्री गरिने भएको छ ।

महान्यायाधीवक्ताको कार्यालयले बरामद भएका सबै माक्सहरु बजार मूल्यअनुसार बिक्री बितरण गर्नका लागि साझा स्वास्थ्य सेवालाई उपलब्ध गराउन प्रहरीलाई निर्देशन दिएको छ ।

महान्यायाधीवक्ता अग्नी खरेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई पत्र लेख्दै बरामद भएका सबै माक्सहरु बजार मूल्यानुसार बिक्री गर्न साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थालाई उपलब्ध गराउन भनेका हुन् ।

माक्स बिक्रीबाट संकलन भएको रकम नेपाल प्रहरीको धरौटी खातामा जम्मा गर्न पनि महान्यायाधीवक्ताले निर्देशन दिएका छन् ।
बरामद भएका माक्सहरुको मूल्य र नमूनासहितको अभलिेख एवम् फोटोसहितको डिजिटल अभिलेख राखी बिक्रीका लागि खुला गरिने खरेलले जनाएका छन् ।

प्रहरीले गत शनिबारदेखि हालसम्म १० लाख ८६ हजार थान माक्स बरामद गरेको छ । शनिबार काठमाडौंको डल्लु क्षेत्रबाट ७८ हजार थान माक्स बरामद गरेको प्रहरीले आइतबार काठमाडौंको कपनबाट १ लाख ६८ हजार र सतुंगलबाट ८ लाख ४० हजार थान माक्स बरामद गरेको थियो ।

३ रुपैयाँ २५ पैसा बजार मूल्य पर्ने एक थान माक्सलाई ३० देखि ५० रुपैयाँमा बिक्री गर्ने गरी लुकाएर राखेको अवस्थामा प्रहरीले माक्ससहित केही व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले शनिबार ७८ हजार माक्ससहित ८ जनालाई पक्राउ गरेको थियो भने आइतबार कपनबाट ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुविरुद्ध भने कालो बजारी तथा सामाजिक हितविरुद्धको अपराध ऐन २०३२ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ४ : ५१ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा