पोर्चुगलमा ६० नेपाली क्वारेन्टाइनमा, एक जनामा संक्रमणको पुष्टि | Khabarhub Khabarhub

पोर्चुगलमा ६० नेपाली क्वारेन्टाइनमा, एक जनामा संक्रमणको पुष्टि


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहर नजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई बाहिर जान दिइएको थियो ।

नेपालीको समूहमा रहेका ६ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वास्थ्य परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका नेपालीको फारोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको पोर्चुगिज सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई सार्वजनिक सुरक्षा प्रहरीको रोहबरमा एक विद्यालय परिसरमा क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

पोर्चुगलमा हालसम्म २ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : २० बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ