काभ्रेमा टिप्परको ठक्करबाट आमा र बच्चाको ज्यान गएपछि स्थानीयद्वारा प्रदर्शन « Khabarhub

काभ्रेमा टिप्परको ठक्करबाट आमा र बच्चाको ज्यान गएपछि स्थानीयद्वारा प्रदर्शन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेमा टिप्परको ठक्करबाट आमा र बच्चाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पनौती बसपार्कमा अवरोध गरेका छन् ।

उनीहरुले क्षतिपूर्तिसहित टिप्पर चालकलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् । उनीहरुले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

सोमबार बा ५ ख ५४८० नम्बरको टिप्परले पनौती बसपार्कमा खानिखोला गाउँपालिका १ की २७ वर्षीया जुनीमाया गोले र उनकी नाबालिका छोरीलाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा निधन भएको थियो । टिप्परका चालक रोशी गाउँपालिका ६ का नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ४४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस