प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री « Khabarhub

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका छन् ।

फिल्ममा केकी अधिकारी र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ ।

वैदेशिक रोजगारीमा जाने युवाहरुको कथामा आधारित यो फिल्ममा दिलिपलाई पनि शीर्ष भूमिकामा देख्न सकिनेछ ।

अभिनेता तथा गायक सपूतले दिलिप रायमाझीसँगका तस्वीर शेयर गर्दै दिलिप पनि अनुबन्ध भएको जानकारी दिएका हुन् ।

‘बोल माया र गलबन्दी गीतको दृश्य र संवादमा आफ्नै फिलिङ्स मिसाएको थिएँ, म वास्तवमै नायक दिलिप रायमाझीको ठूलो फ्यान र उनैताका उहाँजस्तै हिरो बन्ने सपना देखेको एक गाउँले ठिटो,’ सपूतले लेखेका छन्, ‘आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय हिरोसँग स्किृन शेयर पनि गर्दैछु ।’

दिलिपसँग काम गर्न पाउँदा आफूलाई बेलाबेलामा विश्वास नलागेको पनि प्रकाशले बताएका छन् ।

यस्तै यो फिल्मलाई रमेश बिजीले लेखेका हुन् भने निर्देशक रायमाझीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ०६ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ