कोरोना भाइरसकाे संक्रमण राेक्न २ सय २० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने सरकारको निर्णय « Khabarhub

कोरोना भाइरसकाे संक्रमण राेक्न २ सय २० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने सरकारको निर्णय


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा १२० र उपत्यका बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले एक हजार वेडको आइसोलेसन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

कोरोना भाइरस भित्रिन नदिन पूर्व तयारीमा जुटेकाे सरकारले कोरोना भाइरसको बिरामी देखिएमा उपचार गर्न आइसीयु र आइसोलेसन वेडको व्यवस्थापन गर्ने तयारी गरेको हो ।

सरकारले कोरोनाका विरामीका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा शुरूवा रोग अस्पताल, किर्तिपुरको आयुर्वेदिक अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०-२० वटा गरी एक सय २० वटा आइसीयु बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश स्तरमा पनि एक सय वटा आइसीयु व्यवस्थापन गर्न सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

कोरोनाका बिरामी फैलिनसक्ने भन्दै सरकारले पूर्व तयारीका लागि काठमाडौं, भक्तपुर लगायतका क्षेत्रमा सात स्थानमा एक हजार वेड रहने गरी आइसोलेसन वार्डको समेत व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमणको पूर्व तयारीका लागि २० हजार थान पर्सनल प्राेटेक्टिभ इक्युप्मेन्ट, १० हजार थान परीक्षण कीट र एक हजार थान ज्वरो परीक्षण गर्ने फरेनहाइड थर्मल गन खरिद प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई जाेखिम भत्ता समेत दिने र १० लाखसम्मको बीमा सुविधा समेत दिने निर्णय गरेको छ ।

बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिने समेत निर्णय गरेको छ। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको पनि स्क्यान गर्ने निर्णय भएको छ ।

भारतसँगको सीमा नाकामा कडाई गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ३४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले