स्वास्थ्य प्रमाणपत्र नल्याउने ३५ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो (सूची सहित) | Khabarhub Khabarhub

स्वास्थ्य प्रमाणपत्र नल्याउने ३५ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो (सूची सहित)


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३५ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउँदै विमानस्थलबाटै फिर्ता पठाएको छ ।

स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३५ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३५ जनालाई फिर्ता पठाइएको विभागले जनाएको छ ।

फिर्ता पठाइनेमा सबैभन्दाबढी फ्रान्सका ६ जना रहेका छन् भने चीन र बेलायतका ५-५ जना रहेका छन् । त्यसैगरी ४ जना जापानी नागरिकलाई पनि फिर्ता पठाइएको विभागले जनाएको छ। नेदरल्याण्ड, इटाली, इजरायल, अमेरिका, मेक्सिको लगायतका नागरिकलाई फिर्ता पठाइएको हो ।

फिर्ता भएकाहरु अधिकांश गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलका विदेशी नागरिक रहेको र उनीहरुले भिसा नेपालमै लगाउने भन्दै आएको बुझिएको छ ।

पछिल्लो केही दिन यता कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया समेत यसअघि नै स्थगित गरिसकेको छ । हाल सम्बन्धित मुलुकका नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएका छन् ।

कुन देशका कति जना फिर्ता पठाइए ?

फ्रान्स: ६
चीन: ५
बेलायत: ५
जापान: ४
नेदरल्याण्डस्: ३
इटली: २
इजरायल: २
चेक रिपब्लिक: २
हङकङ: १
अमेरिका: १
मेक्सिको: १
अफगानिस्तान: १
अष्ट्रेलिया: १
मलेसिया: १

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : २५ बजे

हैजा नियन्त्रणका लागि काठमाडौं महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा 

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

धनगढी– गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ