कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाए « Khabarhub

कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाए


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ ।

स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५०८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८१ हजार ७७० पुगेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ६ : ०० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको