कोरोना भाइरस : एकैदिन ३१ हजार ४ सयबढी उपचारपछि घर फर्किए | Khabarhub Khabarhub

कोरोना भाइरस : एकैदिन ३१ हजार ४ सयबढी उपचारपछि घर फर्किए


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये उपचार गरेर घर फर्कनेको संख्या पनि पढ्न थालेको छ । बिहीबार बिहानसम्म ५ लाख १० हजार ४६ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

यो संख्या हिजो (बुधबार)को भन्दा ३१ हजार ४५२ ले बढी हो । बुधबारसम्म ४ लाख ७८ हजार ५९४ जना उपचारपछि घर फर्किएका थिए । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वा २१० देशमा पुगेको छ । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाले ज्यान गुमाएका छन् भने ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ । २० लाख ८२ हजार ३७२ संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् ।

सबैभन्दा बढी संक्रमण र मानवीय क्षति अमेरिकामा पुगेको छ । अमेरिकामा २८ हजार ५१५ ले ज्यान गुमाएका छन् । अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४८ जार ६७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।

इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको हो ।

इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ । संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर छ । १ लाख ५ हजार ४१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ । एकै दिन ४ हजार ५६० जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ ।

स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ६ : ४६ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको