कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री | Khabarhub Khabarhub

कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एन्जेसी- भारत, गुजरातका मुख्यमन्त्री विजय रुपाणीको कोरोना भाइरस परीक्षण गरिएको छ ।

गुजरात सरकारका अनुसार मुख्यमन्त्री रुपाणीको स्वास्थ्य अवस्था सामान्य छ । तर, उनले होम क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् ।

अब मुख्यमन्त्रीले आफ्नै निवासबाट भिडियो कन्फ्रेन्सबाट कामकाज सम्हाल्नेछन् । मुख्यमन्त्री रुपाणी र डिप्टी सीएम नितिन पटेल र कांग्रेस विधायक इमरान खेडावालाबीच बैठक भएको थियो ।

मंगलबारमात्र इमरान खेडावालाको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि मुख्यमन्त्री रुपाणीले स्वास्थ्य जाँच गराएर घरमै बस्ने निर्णय गरेका हुन् ।

आगामी एक हप्तासम्म मुख्यमन्त्री रुपाणीले सबै भेटघाटका कार्यक्रम समेत स्थगित गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : ५७ बजे

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र

छ हजारलाई आधारभूत योग शिक्षा प्रदान

गलकोट– बागलुङमा छ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ

राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु