कोरोना सन्त्रासबीच नयाँ आशा, तीन भ्याक्सिनलाई दिइयो परीक्षण अनुमति « Khabarhub

कोरोना सन्त्रासबीच नयाँ आशा, तीन भ्याक्सिनलाई दिइयो परीक्षण अनुमति


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विश्वका बैज्ञानिकहरु यसको खोजमा अहोरात्र खटिएका छन् ।

हालसम्म विश्वमा कोरोनाका कारण १ लाख ३४ हजार बढीले ज्यान गुमाइसकेका छन् । २० लाख ८२ हजार बढी संक्रमित छन् । दैनिक ८-१० हजार नयाँ संक्रमित थपिएको अवस्था छ । यो कहालीलाग्दो अवस्थाबीच चीन सरकारले ३ वटा भ्याक्सिन परीक्षणका लागि अनुमति दिएको छ ।

चीनको समाचार संस्था सिन्ह्वानेटमा प्रकाशित समाचार अनुसार ३ वटा सम्भावित भ्याक्सिनलाई चीन सरकारले क्लिनिकल परीक्षणका लागि अनुमति दिएको हो ।

२ वटा भ्याक्सिन वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकास गरेको हो भने अर्को चाइना नेशनल फर्मास्युटिकल ग्रुप र सिनोवाक रिसर्च एण्ड डेभलपमेन्टले संयुक्त रूपमा विकास गरेका हुन् ।

“चीन सरकारले कोभिड–१९ का ३ सम्भावित भ्याक्सिनलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको विज्ञान र प्रविधि मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।”

चिनियाँ अनुसन्धानकरताहरुले यो भ्याक्सिनले कोरोनाको उपचारमा सफल हुने दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु