मास्क किन्न खोज्दा जर्मनीमा लाखौं युरो घोटला « Khabarhub

मास्क किन्न खोज्दा जर्मनीमा लाखौं युरो घोटला


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले आक्रान्त भइरहँदा लाखौं युरोका मास्क घोटला प्रकरणमा जर्मनीले एक जना आइरिस नागरिकमाथि अनुसन्धान सुरु गरेको छ ।

अनलाइन सप्लायर्सबाट एउटा जर्मन कम्पनीले करिव १ करोड ५० लाख युरो वरावरको १ करोड थान मास्क खरिद गर्न लाग्दा यो घोटाला शुरु भएको थियो ।

उक्त घोटलाको अनुसन्धान थालेको प्रहरीले घोटलामा संलग्न भएको ठानिएका एक आइरिस नागरिकको बैंक खातासमेत रोक्का राखेको छ ।

एक जना जर्मन खरिदकर्ताले गल्तीवश एउटा नक्कली डच वेवसाइटमा अनलाइन अर्डर राखेपछि ठगहरुले एक जना आइरिस मध्यस्थकर्ता मार्फत ति खरिदकर्तासंग सम्पर्क राखेका थिए ।

त्यसपछि जर्मन खरिदकर्ताले ति आइरिसको काउन्टी रोस्कोम्मोनस्थित बैंक खातामा एडभान्स स्वरुप १५ लाख युरो जम्मा गरेको तर सामान डेलिभर नभएको बताइएको छ ।

यस घोटाला सम्बन्धमा इन्टरपोल लगायत आयरल्यान्ड , नेदरल्यान्ड र जर्मनीका प्रहरीले अनुसन्धान सुरु गरेका हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ४८ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई