मास्क किन्न खोज्दा जर्मनीमा लाखौं युरो घोटला « Khabarhub

मास्क किन्न खोज्दा जर्मनीमा लाखौं युरो घोटला


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले आक्रान्त भइरहँदा लाखौं युरोका मास्क घोटला प्रकरणमा जर्मनीले एक जना आइरिस नागरिकमाथि अनुसन्धान सुरु गरेको छ ।

अनलाइन सप्लायर्सबाट एउटा जर्मन कम्पनीले करिव १ करोड ५० लाख युरो वरावरको १ करोड थान मास्क खरिद गर्न लाग्दा यो घोटाला शुरु भएको थियो ।

उक्त घोटलाको अनुसन्धान थालेको प्रहरीले घोटलामा संलग्न भएको ठानिएका एक आइरिस नागरिकको बैंक खातासमेत रोक्का राखेको छ ।

एक जना जर्मन खरिदकर्ताले गल्तीवश एउटा नक्कली डच वेवसाइटमा अनलाइन अर्डर राखेपछि ठगहरुले एक जना आइरिस मध्यस्थकर्ता मार्फत ति खरिदकर्तासंग सम्पर्क राखेका थिए ।

त्यसपछि जर्मन खरिदकर्ताले ति आइरिसको काउन्टी रोस्कोम्मोनस्थित बैंक खातामा एडभान्स स्वरुप १५ लाख युरो जम्मा गरेको तर सामान डेलिभर नभएको बताइएको छ ।

यस घोटाला सम्बन्धमा इन्टरपोल लगायत आयरल्यान्ड , नेदरल्यान्ड र जर्मनीका प्रहरीले अनुसन्धान सुरु गरेका हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ४८ बजे

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

सुर्खेत– कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा