एनसेलले पनि सुरु गर्‍यो कोरोना भाइरसको सर्बेक्षण « Khabarhub

एनसेलले पनि सुरु गर्‍यो कोरोना भाइरसको सर्बेक्षण


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि कोरोना भाइरसको संक्रमितहरुको सर्बेक्षण सुरु गरेको छ ।

एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउँन बुधवार (वैशाख ०३) देखि यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको हो ।

उक्त सर्वेक्षणमा एनसेलका ग्राहक तथा सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्नेछन् ।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ ।

हटलाइन नम्बरमा कोरोना भाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ०२ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको